काठमाडौं । चिनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४७ हजार २ सय ५१ पुगेको छ । वर्ल्डमिटरका अनुसार अप्रिल २ गते सम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ९ लाख ३६ हजार ४ सय ३८ पुगेको छ ।
कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिब २ लाख १५ हजार ३ सय जनामा कोरोना संक्रमण भएको छ । अमेरिकामा हालसम्म ५ हजार १ सय १८ जनाले कोरोनाको कारण ज्यान गुमाइसेका छन् । संक्रमितमध्य ८ हजार ८ सय ७८ जना निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै, दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।
तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ९ हजार तीन सय ८७ पुगेको छ ।
त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ५६ हजार ९ सय ८९ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्