काठमाडौं। प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका ५२ जना प्रहरी हवल्दारहरुलाई आज यस महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा शुशोभन गरेका छन् ।
उक्त अवसरमा ढकालले पदोन्नती हुनुभएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिनुहुदैँ पदोन्नती बृत्ति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको र जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए ।
उनले अनुशासन तथा ईमान्दारिता फौजीको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यमा सकृय रहन निर्देशन समेत दिए ।
त्यस्तै, सोहि अवसरमा महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले ट्राफिक व्यवस्थापनको कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षता लगाएत पेशागत जिम्मेवारी निर्वाहमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा पनि त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सामूहिक भावनाका साथ तल्लीन रहन निर्देशन दिए ।
कार्यक्रममा महाशाखाका प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्