काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको जोखिम विश्वभर बढिरहेको सन्दर्भमा नेपालमा त्यसबाट बच्न, बचाउन सरकारका नाममा आदेश जारी गर्न परेको एउटा रिटमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
पूर्ण राजवंशीले आइतबार दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर केसीको इजलासले आज उक्त आदेश दिएको हो ।
रिटमा कोरोनाको जोखिमबाट आमनागरिकलाई बचाउन आवश्यक पूर्वाधार तयारी राख्न, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक उपकरण र जनशक्ति तैनाथ राख्न, चीनसँगका नाकामा कडा जाँचका उपाय गर्न, जापान, चीन र दक्षिण कोरियाबाट पर्यटक भित्रनमा सकेसम्म रोक लगाउन माग गरिएको छ ।
चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशका उडान मुद्दा किनारा नलागुन्जेल उडानमा रोक लगाउन र ती देशबाट आउने मानिसको अनिवार्य कडाइका साथ स्वास्थ्य जाँच गर्न पनि सरकारका नाममा आदेश जारी गरेको छ ।
उक्त रिटमा सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्