काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ ।
युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्।
बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनेछन् ।
प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताए । उनका अनुसार विदेशी डाक्टर बोलाए पनि उहाँहरुले प्रत्यारोपण गर्ने होइन, केही भवितव्य आएमा पूर्वतयारीको लागि स्ट्याण्ड बाई राख्ने हो ।
सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिने डाक्टर ज्ञवालीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्