काठमाडौं । कोरोना संक्रमण भए नभएको परिक्षणका क्रममा अस्पताललाई सूचना नगरी बाहिर निस्केका युवक सम्पर्कमा आएका छन् ।
गत २० गते दक्षिण कोरिया बाट फर्केका एक युवा कोरोनाको आशंकामा शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । बिहीबार विहान ती ब्यक्ति कसैलाई जानकारी नदिइ अस्पतालबाट सम्पर्कबिहिन भएका थिए ।
अस्पतालका प्रबक्ता डाक्टर अनुप बस्तोलाले ती ब्यक्तिलाई सामान्य घाटीमा समस्या भएको र कोरोनाको डर मनमा अत्याधिक भएकाले पछिल्ला केही दिनयता निरन्तर अस्पताल धाइरहेको जानकारी दिए ।
उनी बुधबार साँझ अस्पताल आएको र राति अस्पतालमै बसेर बिहान एक्कासि सम्पर्कबिहिन हुन पुगेका थिए । उनलाइ कोरोनाको लक्षण नभएको र अस्पतालको सम्पर्कमा निरन्तर रहेको डाक्टर बास्तोलाले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्