काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा ३२ तले टावर निर्माणको ठेक्का लिएर निर्माण कार्य गरिरहेका नामुद ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।
तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो ।
भेटवालले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीबिरुद्ध बैंकिङ कसुरको जाहेरी प्रहरीमा दर्ता भएको थियो ।
भेटवालको निमार्ण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई प्रालि हो। पछिल्लो समय सो निर्माण कम्पनी आर्थिक संकटमा फसेपछि टावर निर्माण पनि अलपत्र परेको हो।
टावर बनाउन स्वच्छन्द बिकोईले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछी पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । साहु कम्पनीले उपकरण लगेपछि भेटवाल भारततिर लागेका थिए । नेपाल आएको मौका पारेर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्