काठमाडौं । दरबन्दी सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागमा तर, घुमघाम मस्ती र सेटिङ भने म्यानपावर व्यावसायीसँग । त्यतिमात्रै होइन उनलाई म्यानपावर व्यावसायीले नै साथमा लिएर इन्डोनेशिया, सिंगापुर हुँदै मलेशियासम्म पुर्याउँछन् । मलेशियाको रात्री क्लबहरुमा युवतीसँग पैसा फाल्दै नचाउँछन् ।
नर्तकीहरुसँग नचाए बापत म्यानपावरका दलालहरुले त्यस्ता कर्मचारीलाई कसरी प्रयोग गर्लान् ? यसरी म्यानपावरको दलालसँग मदिरा, मस्ती र घुमघाम गर्ने कर्मचारी हुन् -पेशल कोइराला ।

सहरी विकास मन्त्रालयको दरबन्दी भएपनि कोइराला लामो समय श्रम मन्त्रालयमा एकछत्र राज गरेका कर्मचारी हुन् । कहिले वैदेशिक रोजगार विभाग, कहिले ताहाचल कार्यालय र कहिले मन्त्रालयमा बसेर कमाउ धन्दा चलाउँदै आएका उनी पछिल्लो समय श्रम मन्त्रालयकै स्टोर शाखा प्रमुख थिए । तर, गोकर्ण विष्ट श्रम मन्त्री भएपछि उनको सरुवा भयो सहरी विकास मन्त्रालय मातहतको भवन निर्माण विभागमा ।
उनै कोइराला गत माघ ७ गते ७ दिन विदा लिएर म्यानपावर व्यावासयायीको साथ लागेर इन्डोनेशियाको बाली पुगे । उनीसँग ४ जना म्यानपावर व्यावसायी घुमघाम र मस्ती गरेर उनी मलेशिया फर्किए ।
सिंगापुर समेत पुगेर मलेशिया आएका उनले ‘आफू श्रमको कर्मचारी हुँ’ भन्दै विभिन्न कम्पनिमा अशुली धन्दा चलाएको स्रोतले जनाएको छ । यद्धपी यस विषयमा कोइरालासँग प्रतिक्रिया लिँदा उनले अस्विकार गरे ।

त्यतिबेला उनी केही कम्पनिमा आफू श्रमको कर्मचारी हुँ भन्दै गएको सिसिटिभि फूटेज समेत रहेको चर्चा भएपछि कोइरालाले आफू र सिसिटिभिमा देखिएको व्यक्ति एकै नरहेको बताएका थिए ।
हप्ता दिनसम्म मलेशियामा रहेका कोइरालाले आफू श्रमको सेटिङ कर्मचारी हुँ भन्दै विभिन्न कम्पनिलाई धम्काउँदै अशुली गरेको स्रोतले जनाएको छ । केही म्यानपावर व्यावसायीले उनलाई मलेशियाकै विभिन्न रेष्टुरेन्टमा नर्तकीसँग नाँच्ने व्यवस्था गरिदिएका थिए ।
एक रेष्टुरेन्टमा कोइराला पैसा फाल्दै नाँच्दै गरेको भिडियो समेत दियोपोस्टले प्राप्त गरेको छ । उक्त भिडियोमा कोइराला मदिराले लठ्ठिएर युवतीलाई पैसा फाल्दै नाचिरहेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको श्रम मन्त्रालयअन्तर्गत विभागीय कार्यसमितिको केन्द्रीय सदस्य समेत बनिसकेका कोइराला कहिले वैदेशिक रोजगार विभाग, कहिले श्रम विभाग, कहिले राम्रो कमाइ हुने ताहाचल कार्यालय र कहिले मन्त्रालयमा कार्यरत आएका थिए ।
विगत ११ वर्षदेखि श्रम मन्त्रालयमा रजाइँ गरेका कोइरालालाई ‘अर्बपति सुब्बा’ समेत भनिने गरेको छ । यद्धपी उनीमाथि अख्तियारले छानबीन समेत गरेको छैन ।
उनी हाल सहरी विकास मन्त्रालय मातहत रहेको सहरी विकास तथा भवन निर्माण भागको सानो गौचरणमा रहेको प्रधानमन्त्री तथा मन्त्रीहरुको क्वाटर निर्माण तथा सम्भार गर्ने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा सुब्बा पदमा कार्यरत छन् ।
‘उहाँ सात दिनको विदा लिएर यस कार्यालयबाट जानु भएको हो । बाँकी कुरा हामीलाई थाहा हुने कुरा भएन,’ विभाग अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका एक कर्मचारीले भने । दियोपोस्टबाट
आफ्नो प्रतिकृया दिनुहोस्