कञ्चनपुर । लाठी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पुनर्वास नगरपालिका-८ बस्ने ६३ वर्षीय सपली बयाडीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सपलीले घरायसी बिबादको कारण आइतबार राति लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमती ६० वर्षीया खन्जुरी बयाडीको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकी घर फिर्ता ल्याए पश्चात् सोमबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्