एजेन्सी । चिनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट उत्तर कोरियामा १ सय ८० सैनिकको मृत्यु भएको छ ।
मंगलबार उत्तरकोरियाको सैनिक श्रोतलाई उदृत गर्दै दक्षिण कोरियाको डेली एनकेले कोरोना संक्रमणबाट त्यति धेरै उत्तरकोरियाली सैनिकको मृत्यु भएको समाचार प्रकाशित गरेको छ ।
उत्तरकोरियामा कोरोना संक्रमणका कारण १ सय ८० सैनिकको मृत्यु भएको दक्षिण कोरियाली सञ्चार माध्यामहरुले जनाएका छन्
सञ्चार माध्यामहरुका अनुसार जनवरीमा कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण उनीहरुको मृत्यु भएको हो भने फ्रेबु्रअरीमा झण्डै ४ हजारको हाराहारीमा सैनिकहरुलाई क्वारेन्टाइनमा राखेको दाबी गरिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट विश्वमा १ लाखभन्दा बढी मानिस संक्रमति भएका छन् भने ४ हजारभन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्