एजेन्सी । भारतको नयाँ दिल्लीमा पनि एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
सोमबार भारतीय स्वास्थ्य मन्त्रालयले नयाँदिल्लीमा रहेका एक जनामा र तेलन्गनामा एक जनामा कोरोनाभाइरसको संक्रमित भेटिएको जनाएको छ।
नयाँदिल्लीमा रहेका ती व्यक्ति इटाली भ्रमण गरेर आएका थिए। अर्का एक जना भने दुबई भ्रमणबाट भारत फर्किएको द हिन्दुले जनाएको छ। साथै उनीहरूको अन्य विवरण भने खुलाइएको छैन।
मन्त्रालयका अनुसार दुबै बिरामी अहिले स्थिर रहेको र नजिकबाट नियालिरहेको बताइएको छ। यसअघि भारतमा पहिलो कोरोनासंक्रमित बिरामी केरेलामा भेटिएको थियो। ती महिला वुहानबाट पढेर आएकी विद्यार्थी थिइन्।
उनी केरेलाको एक सरकारी मेडिकल कलेज अस्पतालबाट गत फेब्रुअरी २० मा डिस्चार्ज भएकी थिइन्। साथै, केरेलामा तीन जनामा भेटिएका संक्रमित उपचारपछि डिस्चार्ज भइसकेको द हिन्दुले जनायो।
आफ्नो प्रतिकृया दिनुहोस्