काठमाडौं । लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको रकम सहित काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक नम्बर K0926002G राहदानी बाहक ५७ वर्षीय Tan Ghim Chiong लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा Chiongले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
Chiong लाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्