मकवानपुर । हेटौडा उपमहानगरपालिकाबाट ९ लाख ९९ हजार भारु सहित २ जना भारतीय लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र भारतको नहेटी जिल्ला ग्राम पञ्चायत माउत पुर बस्ने ३८ वर्षीय शंकर सरकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टिका बहादुर कार्कीले जानकारी दिए ।

हेटौडा स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा जिल्ला प्रहरी कार्यालय अन्तर्गत ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाह सहितको चेकिङ टोलीले पश्चिमबाट बिरगंजतर्फ जाँदै गरेको डब्लुबी २३ ई २३३३ नंबरको भारतिय बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त बोलेरोमा भारतिय रुपैया ९ लाख ९९ हजार फेला परेको हो ।

उनिहरुलाई भारतिय रुपैया सहित पक्राउ गरी आवश्यक कारवाहिको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता कार्कीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्