काठमाडौं । विदेशी विनिमय मुद्धाकी फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएकी ३७ वर्षीया साङ्डोमा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ साउन २० गतेको फैसलाले। ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ १३ पैसा जरिवाना भई ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार शेर्पालाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो ।
शेर्पालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेश गरिकोमा अदालतको आदेशले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्