काठमाडौं । कैलालीबाट नेकपाका प्रदेश सांसद बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
तत्कालीन नेकपा एमाले पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।
फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्