काठमाडौं नेपाल प्रहरीमा नायब महानिरिक्षक (डिआईजी)बाट अतिरिक्त महानिरिक्षक एआजीमा बढुवा भएका तिनजना एआईजी आईजीपी ठाकुर प्रसाद ज्ञवालीले दर्जयानी चिन्ह प्रदान गरेका छन् । गृहमन्त्रालयले नेपाल प्रहरीमा रिक्त रहेको तिनजना एआईजी पदमा डिआईजीहरू, तारिणी लम्साल ,शैलेस थापा क्षत्री ,र हरी बहादुर पाललाई एआईजीमा बढुवाको सिफारिस गरेको थियो ।
गत आईतबार बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा सिफारिस तिनैजाको नाम अनुमोदन गरेको थियो ।
दर्ज्यानी चिन्ह शुसोभन पछि बढुवा भएका तिनै जना एआईजीको पदस्थापन समेत भएको छ ।नव नियुक्त एआईजी तारिणी लम्साल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान एकेडेमी शैलेस थापा क्षत्री मानवश्रोत तथा प्रशासन विभाग र हरी बहादुर पाल अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएका छन् ।
गत माघ २८ गतेदेखि तत्कालीन एआईजीहरू ठुले राई, पुष्कर कार्की ३० बर्षे सेवा अवधिका करण अवकाश पाएपछि नेपाल प्रहरीको एआईजीले नेतृत्व गर्ने यी तिनवटै विभाग नेतृत्व विहिन बनेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्