-दया दुदराज
मकवानपुर । हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेबाट फलाम भित्र लुकाएर ल्याईएको अवैध ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिलिग्राम सुन सहित भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार विहान रातोमाटे स्थित चेकपोष्टमा काठमाण्डौबाट बिरगँज तर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा भारत कर्नाटक राज्य बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।
फलामभित्रै ६ केजी सुन:-

अनेकलले बोकेको कालो झोलाबाट मोटर पार्टस भित्र जडान हुने फलामको ब्यरिङ जस्तो देख्ने ४ थान ,फलामको पास्ताको ब्यरिङ २ थान र फलामको मिट ब्यरिङ २ थान गरी जम्मा ८ थान फललामको पार्टहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्किले बताए ।

बरामद गरिएको समानहरु काटी हेर्दा सो ८ थान फलामको पार्ट भित्र चार करोड सताईस लाख अन्ठाउन्न हजार सात सय चौहतर रुपैयाँ बराबरको ६ केजी २८९ ग्राम ३५० मिलिग्राम सुन रहेको प्रहरी नायव उपरिक्षक कार्किले जानकारी दिए ।

पक्राउ परेका भारतिय नागरीक अनेकललाई कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया वारामा पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।
आफ्नो प्रतिकृया दिनुहोस्