काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचना संकलन गरी संचालन गरेको पछिल्लो कारवाहीका क्रममा नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ सहित विभिन्न स्थानबाट १२ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
गत फागुन २० गते काठमाडौंको बालाजुबाट लागुऔषध कारोबारी नुवाकोट सूर्यगढी– ५ का २५ वर्षीय सरोज पौडेल, सिन्धुपाल्चोक इन्द्रावती– ४ का २२ वर्षीय उर्मिला तामाङ, धादिङ नीलकण्ठ– १ का २१ वर्षीय राजकुमार गुरुङ, महोत्तरी मटिहानी– ८ का ३८ वर्षीय इम्तियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाईजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुल सहित लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यसैगरी गत फागुन गते काठमाडौंको बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याव्लेट सहित जील्ला सिन्त्धपुाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भएका हाल काठमाडौंको बेसीगाउँ बस्दै आएका रवि भन्ने राजिब तामाङ र ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका ७ घर भई हाल काठमाडौंको बेसीगाउँ बस्दै आएका २१ वर्षीय सरोज राई कोटेश्वरबाट खनटएको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यनिहरुसंगको प्रारम्भिक अनुसन्धानका आधारमा गत शनिबार कलंकीबाट नियन्त्रित लागू औषध बुप्रेनोर्फिन १००० एम्पुल, डाईजेपाम १००० एम्पुल र फेनारगन १००० एम्पुल सहित जिल्ला पर्सा बीरगंज महानगरपालिका १३ वस्ने ५२ वर्षीया मैंयादेवी श्रेष्ठ र जिल्ला पर्सा बीरगंज महानगरपालिका-१५ बस्ने २४ वर्षीया ज्योति बराललाई लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
बीरगंजमा नियन्त्रित लागू औषध तथा मनोद्विपक पदार्थ ओसारपसार गर्ने भारतको विहार राज्य मोतिहारी पुर्वी चम्पारण बस्ने २४ वर्षीय विशाल कुमार, सोही ठाँउमा बस्ने २४ वर्षीय राम विकास कुमार र जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ बस्ने ६० वर्षीय उद्दव आचार्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुले पछि उनिहरुलाई बुप्रेनोर्फिन ४०० एम्पुल, डाईजेपाम ४०० एम्पुल र फेनारगन ४०० एम्पुल सहित लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंज पर्साबाट खटिएको टोलीले पक्राउ गरको हो ।
लागुऔषध नियन्त्रण ब्युरोले गरेको पछिल्लो कारवाहीका क्रममा ९ जना पुरुष ३ जना महिला गरी जम्मा १२ जनालाई पक्राउ गरेको हो । उनिहरुको साथबाट बुप्रेनोर्फिन २७५६ एम्पुल, डाईजेपाम २५३५ एम्पुल, फेनारगन २७२० एम्पुल गरी कुल ८०११ एम्पुल, नाईट्राभेट ५४० ट्याव्लेट र लागू औषध र कारोवारको १ लाख ९४ हजार ५ सय रुपैया बरामद गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्