काठमाडौं । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नाम वेपत्ता पारीएका व्यक्तिको छानविन आयोगले सार्वजनिक गरेको छ ।
आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गर्दै बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।
सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको आयोगका सुचना अधिकारी निराजन अधिकारीले बताए ।
आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।
वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ ।
‘यो सँगै आगामी साउन महिनाबाट पीडकसँगको बयान, सव उत्खनन र डिएनए परीक्षणको काम अघि बढाउने कार्ययोजना छ’, सूचना अधिकारी निराजन अधिकारीको भनाइ छ ।
यो सँगै आगामी साउन महिनाबाट पीडकसँगको बयान, सव उत्खनन र डिएनए परीक्षणको काम अघि बढाउने कार्ययोजना रहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्