काठमाडौं । कुवेत र माल्टा पठाईदिन्छु भन्दै करोडौँ ठगी गर्ने राजधानीको सिटिसी मलमा ग्लोरियस वेलनेस स्पा प्रालि चलाउने बाबुराम श्रेष्ठलाई नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।
५४ जनालाई कुवेत र माल्टा पठाईदिन्छु भन्दै करिब दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा बाबुरामलाई पक्राउ गरेको हो ।
श्रेष्ठले अर्घाखाँची छत्रदेव गाउँपालिकाका २८ जनालाई कुवेत र २६ जनालाई अनधिकृत रुपमा विदेश पठाउन खोजेको प्रहरीले जनाएको छ ।
माल्टा र कुवेत गएकाहरुले दिल्लीबाटै फर्कन परेपछि उनी विरुद्ध ठगीको उजुरी दिएका थिए । गत २३ गते पक्राउ परेका बाबुरामलाई अड्डासार गर्दै उनलाई आज काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
सेक्युरिटी गार्डमा मासिक १२ सय युरो पाइने प्रलोभन देखाँउदै श्रेष्ठले नेपाली सेना र प्रहरीका पूर्व कर्मचारीहरुलाई समेत ठगेका थिए ।
बाबुरामले ५४ जनालाई दिल्लीको स्टार ग्लोबल ग्रुपसँग मिलेर पठाएको वयान दिएको प्रहरी स्रोतले जनाएको छ । ्
आफ्नो प्रतिकृया दिनुहोस्