दाङ । शान्तिनगर गाउँपालिका-३ महादेब चौतारी बस्ने ४० वर्षीय सुक बहादुर बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढा लगायत ७ जनालाई नगद १ लाख १६ हजार ५ सय रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
बुढाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्