एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २४ का दिन भारत भ्रमण गर्ने भएका छन्।
मंगलबार अमेरिकाको ह्वाईट हाउसले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्प र उनकी पत्नी मिलेनिया ट्रम्प आउँदो २४ तारिखमा भारत जाने जानकारी दिएको हो।
राष्ट्रपति ट्रम्पले भारतको नयाँ दिल्ली र भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीको जन्मस्थल गुजरात जाने टाइम्स अफ इण्डियाले जनाएको छ। उनी २४ फेब्रुअरीमै फर्कने जनाइएको छ।
यो राष्ट्रपति ट्रम्पको पहिलो भारत भ्रमण हो। भ्रमणले अमेरिका–भारतबीचको रणनीतिक साझेदारीलाई बलियो बनाउने ह्वाईट हाउसले ट्वीटमार्फत उल्लेख गरेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्