घादिङ । अवैधानिक रुपमा सञ्चालन हुदैँ आएको अवैध बालुवा खानि उत्खनन् बन्द गर्न गाँउपालिका र वडापालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
लामो समय देखि अवैध रुपमा थाक्रे गाउँपालिका-३ निगालेडाँडा आसपासका सञ्चालन हुदैँ आएको बालुवा खानिहरु बन्द गराउन स्थानिय युवाहरुले थाक्रे गाउँपालिका र वडापालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो ।
पटक पटक अवैध वालुवा उत्खनन् बन्द गराउने ध्यानाकार्षण गराउँदा समेत गाँउपालिकाले कुनै कदम नचालेकोले अख्तियार गुहार्न बाध्य भएको स्थानिय युवाहरु बताउछन् ।
आफ्नो प्रतिकृया दिनुहोस्