सल्यान । शुक्रबार त्रिवेणी गाउँपपालिका वडा नं-१ तल्लो काभ्रा निवासी अन्दाजी १६-१७ बर्षीया कविता बोहराको हत्या भएको हो।
प्रहरी निरिक्षक लक्षमण वलीका अनुसार बोहोराको घाँटीको स्वासनली काटेर हत्या भएको हो । ‘अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको प्रहरी नरिक्षक वलीले जानकारी दिए ।
गत शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिइन। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको देखिन आएको अनुसन्धानबाट खुल्नमा आएको छ ।
रातको एक बजेतिर कविताका भतिजा (बालक) बिरामी भएर वान्ता गर्न थालेपछि कविताको खोजी सुरु भएको थियो। परिवारका सदस्य कवितालाई उठाउन भनि उनको कोठामा जाँदा नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटर जतिको दुरीमा रहेको गाईवस्तु बाँध्ने भकारो नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनावारे अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक लक्षमण वलीले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्