बझाङ । दुई शिक्षकले एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको दुर्गाथलीमा बस्ने ती किशोरीले दुवै शिक्षकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
आफूलाई ७ महिनाअघि पटकपटक बलात्कार गरिएको र ती शिक्षकबाटै अहिले आफ्नो ७ महिनाको गर्भ रहेको भन्दै उनले दुर्गाथलीमै रहेको विद्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र वसन्त ओलीविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन् ।
‘प्रारम्भिक अनुसन्धानबाट ती किशोरी सुस्त मनस्थिति भएको भन्ने खुलेको र ती ७ महिनादेखि गर्भवती छिन् भन्ने खुलेको छ, यद्यपि उनको मेडिकल रिपोर्ट आइसकेको छैन,’ ‘किशोरीलाई सुस्तमनस्थिति भनिएको भए पनि उनी आफैँले प्रहरीमा जाहेरी दिएकी छन् घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
आरोपित दुवै शिक्षक अहिले फरार रहेकाले तिनको खोजी कार्य भइरहेको प्रहरीले बताए । अहिले पीडित किशोरीे सदरमुकाम चैनपुरस्थित सुरक्षित आवास गृहमा छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्