मुगु । खत्याड गाउँपालिका ३ बुगा गाउँमा रहेको कालिका माध्यमिक विद्यालयमा कार्यरत २७ वर्षीय शिक्षक जयबहादुर शाहीले घाम तापिरहेकै स्थानबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार गाउँ नजिक रहेको धारामा नुहाइसकेपछि पाखामा घाम तापी रहेका बेला शाही एक्कासी बसेकै स्थानबाट लडेका थिए । घाम तापेको पाखाबाट लडेर २ सय मिटर तल पुगेका शाहीको टाउको र छातीमा चोट लागेको थियो ।
घाइते शाहीलाई उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए पनि राति ११ बजे मृत्यु भएको हो । स्वास्थ्य केन्द्रमा चिकित्क नहुँदा पचार नपाएर मृत्यु भएको उनका आफन्तले बताएका छन् । स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि पोष्टमार्टमका लागि नेपालगन्ज लैजाने तयारी भइरहेको शाहीको पारिवारिक स्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्