काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) हरुको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर अत्यन्त राम्रो कार्य सम्पादन गरेका कृष्ण पगेनीलाई तराईको अत्यन्त संवेदनशील मानिएको बारा जिल्लामा पठाईएको छ । उनि प्रहरीभित्र स्वच्छ र ईमान्दार प्रहरीका रुपमा परिचित छन् ।
पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचन्ड) र गृहमन्त्री रामबहादुर थापा (वादल)को गृहजिल्ला चितवनमा प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङलाई पठाइएको छ । गुरुङलाई ईमान्दार र असल स्वाभाव भएको प्रहरीका रुपमा हेर्ने गरिएको छ । उनले यसअघि जिल्ला प्रहरी कार्यालय भोजपुर र महानगरीय प्रहरी वृत्त जनसेवाको सफलता पुर्वक जिम्मेवारी वहन गरी सकेका छन् ।
तराईको चुनौतीपुर्ण जिल्लाका रुपमा हेरिएको पर्सामा एसपी गंगा पन्तलाई पठाईएको छ । हाल पर्सामा कार्यरत एसपी सोमेन्द्र शिहं राठौर चरम आर्थिक विवादमा मुछिएपछि उनलाई महानगरीय प्रहरी पसिसर टेकु सरुवा गरिएको छ ।
यसैगरी काठमाडौं प्रहरीका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने बाराका एसपी विकास खनालको ५ नं। प्रदेश प्रदेश दंगा नियन्त्रण गण, सुनवलमा सरुवा भएको छ र गण्डकी प्रदेश प्रहरीको कार्यालय कास्कीमा मोहनप्रसाद पोखेरललाई जिम्मेवारी दिइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्