एजेन्सी । भारतको गुजरातस्थित भुजको एक कलेजको होस्टेलमा महिनावारी भए/नभएको जाँच्न प्रधानाध्यापकले ६८ जनालाई जबर्जस्ती कपडा फुकाल्न लगाएकी छन्।
बिहीबार गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्चिट्युडको होस्टेलमा होस्टेल रेक्टरले महिनावारी भएका विद्यार्थीले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै प्रधानाध्यापकलाई गुनासो गरेका थिए।
व्यवस्थापनले प्रधानाध्यापक रिता रानिन्गालाई महिनावारी भएका छात्राहरूले धार्मिक मान्यता नमानी मन्दिर र भान्सा कोठा जाने गरेको भन्दै पटक/पटक गुनासो गरेको अहमदाबाद मिररले जनाएको छ।
व्यवस्थापनले गुनासो गरेपछि प्रधानाध्यापकले ६८ छात्रालाई शौचालयमा लगेर महिनावारी भएरनभएको जाँच्न जबरजस्ती कपडा फुकाल्न लगाइएको बताइएको छ।
उनीहरुको सम्प्रदायिक मान्यताका अनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर, भान्सा कोठा जान प्रतिबन्ध लगाइएको छ भने अन्य विद्यार्थीलाई छुन समेत प्रतिबन्ध लगाएको छ।
यस घटनाबारे प्रहरीकोमा उजुरी नपरे पनि क्रान्तिगुरू श्यामजी कृष्ण भर्मा कत्च विश्वविद्यालयका उपकुलपतिले अनुसन्धान गर्न समिति गठन गरेका छन्।
उक्त कलेज सन् २०१२ मा स्वामीनारायण मन्दिरका अनुयायीहरुको नेतृत्वमा खोलिएको थियो।
उक्त कलेजमा विभिन्न स्थानबाट १५ सय विद्यार्थीहरू पढ्न आउने गरेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्