काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आइजिपी छान्न नसकेपछि आज २ बजे फेरि मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि माघ २८ (आज) गते सकिँदैछ।
खनालसँगै उनको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने छ।
डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय प्रमुख रूपमा महानिरीक्षकको दौडमा छन्।
आफ्नो प्रतिकृया दिनुहोस्