काठमाडौं । बुढानिलकण्ठबाट सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार सुनसरी इटहरीकी ३४ वर्षीया एक युवतीलाई जागिरको प्रलोभन देखाई उनीहरूले काठमाडौं बोलाएका थिए।
जागिर पाउने आशमा ती युवती काठमाडौं आइन्। तर उनीमाथि सामूहिक बलात्कार भयो। बुढालिनकण्ठ नगरपालिका ६ गणेश चोकस्थित सुबास सङ्ग्रौलाको घरमा र भक्तपुरको एक रिसोर्टमा लगेर उनको सामूहिक बलात्कार भएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।
बलात्कारमा संलग्न रहेको अभियोगमा प्रमुख झापा गौरिगंज गाउँपालिका १ स्थायी घर भई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय विशाल सङ्ग्रौला र सोही ठाउँका ३५ वर्षीय सुबास सङग्रौलालाई पक्राउ गरिएको हो ।
महाराजगन्जको प्रहरी टोलीले बुढानिलकण्ठबाट उनीहरुलाई नियन्त्रणमा लिई जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्