काठमाडौं । एक महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भएका २५ वर्षीय बिशाल भन्ने रमेश प्रसाद वाग्लेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका-६ बिष्णुमतीस्थित हाम्रो फेलोसिप पुनःस्थापना केन्द्रका सुरक्षागार्डले सोही केन्द्रमा उपचाररत एक महिलालाई जबरजस्ती करणी उद्योग गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा वाग्लेले बिभिन्न बहाना बनाई, एकान्तमा बोलाई सम्झाउने बहानाले महिलालाई जबरजस्ती करणी उद्योग गरेको खुल्न आए पश्चात् उनलाई पक्राउ गरेको हो ।
वाग्लेलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर
काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्