काठमाडौं । बुधबार बिहान गृह मन्त्रलायलमा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
आईजीपी ज्ञवालीलाई गृहसिचव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अवकास पाएपछि सरकारले २७ प्रहरी प्रमुखमा आईजीपी ठाकुर ज्ञवालीलाई नियुक्त गरिएको थियो ।
दर्ज्यानी चिह्न कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालसहित अन्य प्रहरी अधिकारीको उपस्थित रहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्