काठमाडौं । नेपाल प्रहरीको २७ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर प्रसाद ज्ञवालीलाई २७ औँ आईजिपी बनाएको हो । ज्ञवालीले २०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश प्रवेश गरेका हुन् । ज्ञवाली प्रदेश नम्बर १ का प्रहरी प्रमुख थिए ।
नेपाल प्रहरीका २६ औं आईजीपी खनालसँगै एआईजी त्रय पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राईले पनि अनिवार्य अवकाश पाएका छन् ।
यसैगरी अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेश बिक्रम शाह, नारायणसिंह खड्का, महेन्द्र पोखरेल, सुरेशबिक्रम शाह, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, केदार रिजाल, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्