काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलका साईँला भाई नरेश बहादुर थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश गरेको छ ।
सोमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै नरेशलाई थुनामा राख्न आदेश दिएको हो ।
‘अन्य प्रतिवादीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नु भएको आदेश भएको सन्दर्भमा निजलाई पनि थुनामै राख्नुपर्नेमा धरौटी माग गर्ने त्यस अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको छ,’ आदेशमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम निजलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नू।’
अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।
हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्