काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेश अनुसार उनी रिहा भएका हुन् ।
संसद सचिवालयका कर्मचारी रोशनी साहीलाई यौन दुर्व्यबहार गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।
अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने छन् । पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए ।
जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्