काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकार संचालन गर्न दलीय संरचना बनाउने निर्णय गरेको छ र अतिक्रमित भूमिसमेत समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
जारी केन्द्रीय समिति बैठकले केन्द्रदेखि स्थानीय तहसम्मका सरकार संचालन गर्न पार्टीको बेग्लै संरचना बनाउने निर्णय र अतिक्रमित भूमिसमेत समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
भारतले नेपाली भूमि लिम्पियाधुरालाई आफ्नो दावी गर्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेकपाले सो भूभाग समेत समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सरकारहरु स्वेच्छाचारी भएको प्रश्न उठेपछि बैठकले तीनवटै तहमा बेग्लाबेग्लै समिति बनाउने भएको हो ।
यस्तो राजनीतिक संयन्त्रले केन्द्र, प्रदेश र स्थानीय सरकारका कामकारवाहीलाई नियन्त्रण र दिशानिर्देश गर्ने नेकपाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्