काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई) विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
शुक्रबार सि।डि।ई जितेन्द्र कुमार चौधरीविरूद्ध बिगो रकम ३५ लाख कायम गरी अदालतमा आरोपपत्र दायर गरेको हो ।
चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट बिभिन्न मितिमा रकम लिई श्रीमतीको खातामा जम्मा गरेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।
सोही अनुसन्धानबाट उनले बाटो निर्माण गर्ने विभिन्न स्वीकृत आयोजनाहरूको काम सुरू गर्दा दिइने मोविलाइजेसन रकमबाट ३५ लाख घुस लिई श्रीमतीको खातामा जम्मा गरेको पुष्टि भएको हो ।
भ्रष्टाचार गरेको पुष्टि भएसँगै अख्तियारले चौधरीलाई बिगो ३५ लाख कायम गरी चार वर्षदेखि ६ वर्ष सम्मको कैद सजायको माग गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्