काठमाडौं । नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले बुधबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्राप्त गरेपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै उनले संविधानविपरीतका गतिविधि गर्नेलाई कडाइ पूर्वक नियन्त्रण गरिने बताएका छन् ।
उनले नेपाल प्रहरी संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढ संकल्पित रहेको उल्लेख गर्दै अवाञ्छित, ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गरी कानुनको दायरामा ल्याउने दृढता व्यक्त गरे ।
नेपाल प्रहरी जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उल्लेख गरे ।
आफ्नो प्रतिकृया दिनुहोस्