पर्सा । विरगंज महानगरपालिका १६ नगवाबाट अभियुक्तलाई थुनाबाट मुक्त गराई छुटाई दिन्छु भन्दै ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् ।
गत ११ गते जिल्ला प्रहरी कार्यालय विर्ता पर्साले विरगंज महानगरपालिका २ छप्कैया बस्ने महम्द सम्साद अलीलाई पक्राउ गरेको हो ।
गत ७६साल ६ महिना २० गते सार्बजनिक शान्ति विरुद्धको कसुर मुद्दाका हिरासतमा रहेका अभियुक्त विरगंज महानगरपालिका १६ नगवा बस्ने बर्ष २० को सदाम हुसेनलाई थुनाबाट मुक्त गराई छुटाई दिन्छु, भनी अलीले अभियुक्त हुसेनको अभिभावकसंग नगद ४० हजार ठगी गरेको आरेपमा प्रहरी कार्यालय विर्ता पर्साले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी
कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्