कैलाली । धनगढीमा उपमहानगरपालिकाबाट नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका–५ घर भई धनगढी उपमहानगरपालिका–१ बस्ने ३३ वर्षीय किशन सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको अनुसार माघ २ गते धनगढी उपमहानगरपालिका– ३, बडहरा घर भई मिलन चोकस्थित चन्द्र भान शर्माले सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलबाट उनीहरूले रकम असुली गरेको भन्दै उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
शर्मालाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको हो र आफूहरू जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भन्दै ३ जनाले ४ हजार ५ सय रकम असुली गरेको भन्दै उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनानएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्