काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।
५० वर्षिय उपाध्यायको शुक्रबार विहान रूपन्देहीस्थित निवासमा निधन भएको हो। क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचार भए पनि निको भएको थिएन।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए। उपाध्याय रूपन्देहीका हुन्। उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्