काठमाडौं । बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी अगाडि ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।
शुक्रबार दिउँसो काभ्रेको साँगा प्रहरी चौकी अगाडि ड्युटीमा रहेका नवलपरासी त्रिवेणी घर भएका असई तेजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट बनेपा तर्फ जाँदै गरेको बा १९ च १३२३ बोलेरो जिपले हानेपछि असई गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
लापरवाही पूर्वक जिप चलाउने बोलेरो जिपका चालक विक्रम जाटिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्