काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत प्रहरी हवल्दार चार लाख घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बावुराम घिमिरे र राजकुमार सुलाकार रहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले जनाएको छ । उनिहरुलाई चार लाख २० हजार रुपैयाँ घुसरकम सहित पक्राउ गरेको हो ।
‘सिआईबीमा कार्यरत प्रहरी हूँ, सिआईबीले पक्राउ गर्नुपर्ने मान्छेहरुको सूचीमा तपाईंको नाम छ’ भन्दै उनले काठमाडौंका एक सुन व्यापारीसँग घुस लिएको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘पक्राउ सूचीबाट नाम हटाइदिन्छु’ भनेर घिमिरेले सुन व्यापारीसँग २५ लाख रुपैयाँमा डिल गरेको डीआईजी शाहीले बताए । उनीहरुलाई सिआईबीले काठमाडौं जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्