एजेन्सी । चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ।
चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ९१० पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।
तर चीनमा नयाँ सङ्क्रमण हुने व्यक्तिहरूको सङ्ख्या स्थिर भएको देखिएको छ।
प्रत्येक दिन देखिएको कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या
चीनका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०,००० नाघेको छ भने एक लाख ८७ हजारभन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको छ।
गत डिसेम्बर महिनादेखि फैलिएको नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठाएको छ।
चीनको सरकारी तथ्याङ्कका अनुसार ३,२८१ जनालाई सफल उपचारपछि अस्पतालबाट घर फर्काइएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्