काठमाडौं । कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ ।
पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस बिहानैदेखि विभिन्न चरणका छलफलमा छ ।
उपसभापति भ्रष्टाचार मुद्धामा फसेपछि पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै माधव नेपाल, डा बाबुराम भट्टराई र नेकपा महासचिव विष्णु पौडेललाई संरक्षण गरेर आफ्ना नेतालाई मात्र फसाएको भन्दै आक्रोस जनाए ।
शर्माले विधि र प्रकृया मिचेर पूर्वाग्रही ढंगले मुद्दा दायर भएको भन्दै कानुनी र राजनीतिक रुपमा सामना गर्ने बताए ।
‘प्रधानमन्त्रीहरु चोखो हुँदा त्यही क्याबिनेटका मन्त्रीचाहिँ कसरी अंशियार हुने ?’ प्रवक्ता शर्माको प्रश्न छ ।
उनले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा रहेको जग्गा फिर्ता दिने सर्तमा मुद्दा नचलाइएको भन्ने अख्तियारको भनाईआश्चर्यजनक भएको बताए । तर सवोृच्च अदालतकै न्यायाधीश कुमार रेग्मीको बिषयमा भने उनी मौन बसे ।
कांग्रेसले यसअघि सडकदेखि सदनसम्म अखितयार को कदम विरुद्ध संघर्ष गर्ने बताइसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्