काठमाडौं । स्वास्थ्यका कारण राजनीतिक सक्रियता र नेतृत्वदायी भूमिकाबाट अलग हुने तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तराधिकारीको खोजी गर्न थालेका छन् ।
राष्ट्रपति निर्वाचित हुनुअघि केपी शर्मा ओलीसँग तत्कालीन नेकपा एमालेभित्रको एकै समूहमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहमा ओलीका उत्तराधिकारीको खोजी सुरु भएको हो ।
१२ वर्ष ८ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छाडेपछि हाल नियमित डायलाइसिस गराइरहेका छन् । उमेरले ६९ वर्ष पुगेका ओलीलाई चिकित्सकहरूले बारम्बार भीडभाडमा नजान र पर्याप्त आराम गर्न सुझाव दिँदै आएका छन् ।
घर, परिवार र शुभचिन्तकबाट धपेडी नगर्न भनी दिएको दबाबका कारण ओली सक्रिय राजनीतिबाट अलग हुनुअघि नै आफ्नो उत्तराधिकारीको खोजीमा लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काललाई ओली र उनी निकटको गुटको उत्तराधिकारीका रूपमा वामदेव गौतमलाई अघि सार्ने रणनीति बनाएकी छन् । यसले गर्दा विगत २ वर्षदेखि वामदेव गौतमलाई सक्रिय राजनीतिबाट पाखा लगाएका ओली आफ्नो योजनाबाट पछि हटेका छन् ।
शीतल निवास स्रोतका अनुसार भण्डारीकै योजना र डिजाइनमा २ वर्षदेखि सचिवालय सदस्य र सरकारको दोस्रो वरीयताको हैसियतमा रहेका ईश्वर पोखरेललाई ओली समूहको उत्तराधिकारीबाट ुआउटु गरिएको छ ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका बेला समेत ओलीले पोखरेललाई कार्यवाहक दिए पनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक चलाउनुलाई पनि ओलीले पोखरेलप्रति भरोसा नगरेको उदाहरणका रूपमा हेरिएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण हुँदा एमाले महासचिवको हैसियतमा रहेका ईश्वर पोखरेललाई महासचिवबाट आउट गरी विष्णु पौडेललाई महासचिव बनाइएको थियो ।
पौडेललाई ओलीको उत्तराधिकारी बनाउने केही नेताको योजना भण्डारीलाई मनपरेको थिएन । त्यसैले नेकपा माओवादीसँग एकीकरणको भूमिका खेलेवापत महासचिव भएका पौडेल सक्रिय, सार्वजनिक र नेतृत्वदायी भूमिकामा अघि थिए ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवादको असली व्याख्याता र अनुयायी भनेर चिनिएका अनेरास्ववियुका पूर्वअध्यक्ष शङ्कर पोखरेल गत महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए ।
तर, त्यही महाधिवेशनमा विष्णु पौडेल उपमहासचिवमा निर्वाचित भएपछि शङ्करका प्रतिष्पर्धी नै भएका थिए । राष्ट्रपति भण्डारी जसरी पनि शङ्कर पोखरेललाई नेकपाको राजनीतिमा ओलीपछिकै नेता बनाउन चाहन्थिन् ।
तत्काल शङ्कर पोखरेल ओलीपछि नै उत्तराधिकारी हुने अवस्था नआएपछि ईश्वर पोखरेलाई लाइनबाट आउट गरी वामदेव गौतमलाई अघि सार्ने रणनीति शीतल निवासबाट बनेको स्रोत बताउँछ ।
पोखरेलाई राजनीतिमा ओलीपछि नै उत्तराधिकारी बनाउन उनका प्रतिस्पर्धीहरूलाई एकपछि अर्को गर्दै आउट गर्ने डिजाइनअन्तर्गत गौतमलाई अघि ल्याइएको स्रोतले जनायो ।
राष्ट्रपति भण्डारीकै योजनाअनुसार शङ्करका प्रतिस्पर्धी भनेर चिनिएका पूर्वमाओवादी नेता तथा दाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर सभामुख बनेका कृष्णबहादुर महरालाई यौन दुर्व्यवारको अभियोगमा थुनामा राखियो । तर, महरा निर्दोष सावितपछि रिहा भएका छन् ।
शङ्करका अर्का प्रतिस्पर्धी नेकपा महासचिव विष्णु पौडेललाई ललिता निवास जग्गा प्रकरणमा विवादमा तानिसकिएको छ । सार्वजनिक राजनीतिक जीवनमा पौडेल हाल निष्क्रिय जस्तै छन् ।
सुदूरपश्चिममा राम्रो पकड जमाएका पूर्वएमालेका उपाध्यक्ष भीम रावललाई २ वर्षदेखि पार्टी र सरकारमा कुनै स्थान दिइएको छैन भने उनलाई एमसीसी प्रकरणमा अमेरिकाविरुद्ध लागेको र अवसर नपाएकै आधारमा पार्टी र सरकार नेतृत्वविरुद्ध खनिएको आरोप लगाइने गरेको छ ।
पार्टी सङ्गठनमा खरो उत्रने र प्रभाव राख्ने वामदेव गौतमलाई ओली गुटबाट अलग राख्दा असन्तुष्ट र प्रतिस्पर्धी नेताहरूले ओली नेतृत्वको सरकार र पार्टीलाई समस्या पार्ने अवस्था भएपछि उनलाई विस्तारै अधिकार हस्तान्तर गर्न थालिएको हो ।
व्यक्तिगत रूपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सँग राम्रो सम्बन्ध बनाउन सफल वामदेवलाई शङ्कर पोखरेललाई पार्टी र सरकारमा प्रभावी भूमिका दिने सर्तमा राष्ट्रपति भण्डारीकै योजनामा वामदेव गौतमलाई अघि सारिएको एक नेता बताउँछन् ।
पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री बनाएर गलत गरिएको भन्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले निष्कर्ष निकालेका थिए । ओलीका हरेक निर्णयमा राष्ट्रपति भण्डारीको हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ ।
आगामी एक महिनाभित्र मिर्गौलाको पुनः प्रत्यारोपण गर्ने योजनामा रहेका ओली सरकारमा आफूपछि वरीयताक्रममा दोस्रोमा वामदेवलाई राख्न चाहन्छन् । वामदेवलाई उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा ल्याउने भण्डारी र ओलीको योजना छ ।
यस्तो योजनाको ओली निकटकै केही नेताले विरोध गरेपछि त्यो विरोधको सामना गर्न ओलीले वामदेवलाई राष्ट्रियसभामा नियुक्त गर्ने आफ्नो चाहना र प्रस्ताव नभएको बताएका छन् ।
ओलीका विश्वासपात्र तथा सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबाट विरोध भएपछि ओलीले तत्काल सङ्कट समाधान र विरोध मत्थर गर्न त्यस्तो गर्न लागिएको बताएका छन् ।
गौतमलाई मन्त्री बनाउनसमेत संविधान संशोधन गर्नुपर्छ । सजिलो बाटो नभए पनि संविधान संशोधनका लागि आफ्नै पार्टीभित्रका असन्तुष्ट र प्रतिस्पर्धी नेता माधव नेपाल र पुष्पकमल दाहाललाई मनाएर राजपाको समर्थन लिने दाउमा प्रधानमन्त्री छन् ।
मिर्गौला प्रत्यारोपण गर्न संयुक्त राज्य अमेरिका जानुअघि नै ओली सरकारमा वामदेवलाई भित्र्याएर मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा राख्न चाहन्छन् । त्यसैले हाल दोस्रो वरीयतामामा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल असन्तुष्ट छन् ।
उपनेता नेम्वाङबाट आउन सक्ने सम्भावित असन्तुष्टि र विरोधको सामना गर्न ओलीले उपसभामुखबाट राजीनामा दिएकी डा। शिवमाया तुम्बाहाम्फेलाई मन्त्री र नेम्वाङका भाइ वसन्तकुमार नेम्वाङलाई शक्तिशाली मन्त्रालयका मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाइसकिएको छ । लिलाराज खनालले सिलापत्रमा समचार प्रकाशन गरेका छन्
आफ्नो प्रतिकृया दिनुहोस्