काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका १२ कपन खरिबोटबाट दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सिन्धुली तिनपाटन गाउँपालिका ४ बालाजोर बस्ने ३९ वर्षीय सुर्य बहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका ७ झाप्रे बस्ने ४० वर्षीय सुक बहादुर लामा, काठमाण्डौं बुढानिलकण्ठ नगरापलिका १३ कपन बस्ने ४० वर्षीय कमला तामाङ र कास्की मादी गाउपालिका ८ तारकाङ बस्ने ३७ वर्षीय युबराज सापकोटा रहेका छन् ।
दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार गरी ल्याई अबैध बिक्री गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा सुर्य बहादुर भुजेल समेतका मानिसहरुलाई खोजतलास गर्ने क्रममा गत १२ गते कपन खरिबोटबाट पक्राउ गरेको हो ।
भुजेलले पछाडी बोकेको कालो रंगको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला १थान फेला पारी पक्राउ गरी आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाईएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्