काठमाडौं । ललितपुरको सानेपास्थित पूर्व सचिव अर्जुन कार्कीको निवासमा सोमबार रहस्यमयी घटना भयो । उनकी श्रीमती मुना अधिकारी कार्कीको रहस्यमयी ढंगबाट भएको हत्या प्रकरणमा कामदारकै समलग्नत खुलेको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाले घटनामा २२ वर्षिय विजय चौधरीकै समलग्ना रहेको सिसिटिभी फूटेजको आधारमा पत्ता लगाएको छ ।
बाल्यकालदेखि नै पूर्व सचिव कार्कीको घरमा घरेलु कामदारको रुपमा रहेका चौधरीले श्रीमती मुनालाई पछाडीबाट प्रहार गरेपछि घाँटी थिचेर हत्या गरेको सिसिटिभी फूटेजमा देखिएको प्रहरीले जनाएको छ ।
पूर्व सचिव कार्की पशुपति दर्शनका लागि गएको समयमा उनको निवासमा यस्तो घटना घटेको हो । पूर्व सचिवकी श्रीमती कार्कीको हत्यामा समलग्न विजयको पेन्टीमा विर्य र रगत समेत भेटिएको खुलेको छ ।
सिसिटिभी फुटेजमा यस्तो देखियो
सिसिटिभी फुटेज अनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँकेका थिए ।
१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको पनि सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ भने ।
सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ । ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिएको र मुना किचेनमा लडिरहेकी थिइन् ।
मुनालाई प्रहार गरेका उनी केही बेरमा आफै झुन्डिएर आत्महत्या गरेको खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्