काठमाडौं । बाफलमा श्रीमानले श्रीमतीमाथि एसिड आक्रमण गर्दा सालीको आँखामा परेको छ।
आइतबार राति श्रीमान शिव रम्तेल र उनकी श्रीमती सुनिताबीच झगडा भएको थियो। झगडाकै क्रममा शिवले शौचालयमा प्रयोग गर्ने फिनायल एसिड भएको बोत्तलले सुनितामाथि हानेका थिए।
प्रतिकार गर्ने क्रममा सुनिताकी बहिनी विमला नेपालीको आँखामा एसिड परेको थियो। उनको दुबै आँखामा एसिडको छिटा परेको प्रहरीले जनाएको छ।
‘झगडाका क्रममा श्रीमानले श्रीमतीलाई एसिडको बोत्तलले हान्दा सालीको आँखामा परेछ’ महानगरीय प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले भने, ‘उनको दाहिने आाखामा अलि बढी समस्या देखिएको छ।’
घटना पछि शहिद मेमोरियल अस्पताल कलंकीमा प्राथमिक उपचार गरी उनलाई त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा उपचार गराइएको छ। उनको अवस्था अहिले सामान्य रहेको डिएसपी कुँवरले जानकारी दिए।
प्रहरीले श्रीमान शिवलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिसकेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्