काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।
मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।
प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटा विरूद्ध परेको हत्या आरोपमा प्रहरीले अनुसन्धान अघि नबढाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका थिए। सर्वोच्चले सापकोटा विरूद्धको हत्या जाहेरीमा अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्