काठमाण्डौँ । सूर्य नेपाल कम्पनीको नक्कली चुरोट बेच्ने एक व्यापारी पक्राउ परेका छन्। महोत्तरीको बलबा नगरपालिका—२ घर भई हाल जनकपुरधाम-८ बस्ने रमेशकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।
जनकपुरको रामानन्द चोकस्थित साहको पसलबाट ८ बट्टा सूर्य चुरोटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर उमाशंकर साहले जानकारी गराएका छन्। नक्कली चुरोट बेचेर आन्तरिक राजस्व छलेको अभियोगमा उनलाई पक्राउ गरिएको साहले जनाएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्